एमाले कार्यकर्ता चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न


eShilalekh

८ पुष २०८१, सोमबार २२:०३

सिमराः नेकपा एमालेकी कार्यकर्ता तथा एमालेभित्र सेल्टरदाताको रुपमा पहिचान स्थापित गरेकी स्वर्गीय फुलमाया चौधरीको श्रद्धाञ्जली सभा सोमबार सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित रजघट्टामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

चौधरी पूर्वजनप्रतिनिधि रोहन चौधरीकी पत्नी हुन् । फुलमायाको केही दिन अघि निधन भएको थियो । उनले एमालेलाई विभिन्न समयमको आन्दोलनमा सेल्टरदाताको रुपमा सहयोग गर्दै आएको एमाले मधेश सचिव मनोज पौडेलले बताए ।

श्रद्धाञ्जली सभामा नेता पौडेलसहित एमाले मधेश प्रदेश कमिटी सदस्य एवम् मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, एमाले जिल्ला कमिटी सदस्य सुनिता सापकोटा, जीतपुरसिमरा नगर कमिटी सचिव रत्नप्रसाद उप्रेती, रुद्र न्यौपाने, विष्णुहरी अधिकारी, प्रदीप बडाल, मीना गुरुङ, सानु सापकोटालगायत उपस्थित थिए ।

एमाले जीतपुरसिमरा १४ का वडाकमिटी अध्यक्ष यमनाथ ढकालको अध्यक्षतामा सम्पन्न सभाको सहजीकरण बिपी गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्