पर्साको पोखरियामा नापी तथा मालपोत क्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय


eShilalekh

१० पुष २०८१, बुधबार १४:२२

सिमराः पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुने भएको छ । सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो ।

पर्सा जिल्लामा बढ्दै गएको सेवा अवस्था, दुरी र समय लगायतका विषयलाई विश्लेषण गर्दै सेवा प्रवाहलाई छिटोछरितो, प्रभावकारी तथा नागरिक मैत्री बनाउन तत्कालका लागि नापी तथा मालपोत कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्न बैठकबाट निर्णय गरिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद्को बैठकमा पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयको क्षेत्रीय कार्यालय स्थापना गर्न प्रस्ताव पेस गरेका थिए ।

पोखरिया लगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने संघिय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्