प्रहरीद्धारा ३१ लाख मूल्य बराबरको समान बरामद, अनुसन्धानका लागि राजश्व कार्यालयमा बुझाइयो


eShilalekh

१० पुष २०८१, बुधबार १७:१८

सिमराः बिलबिजक भन्दा बढी समान ढुवानी गरेको आशंकामा प्रहरीले करिब ३८ लाख मूल्य बराबरको समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले ना४ख ३९८४ नम्बरको ट्रकबाट ३० लाख ६७ हजार बराबरको समान बरामद गरेको हो ।

बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले कपडा, चना ब्याट्रि, थर्मोकोल दानालगायतको खुद्रा समान बरामद गरेको बताए । उक्त समानसहित ट्रक थप अनुसन्धानका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

सच्याइएको
बारा प्रहरीले बरामद भएको समानको मूल्य पुनः सच्याएर पठाएकाले यसअघि प्रकाशित समाचारमा समेत सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्