सिम्रौनगढमा भारतीय गाडीबाट ४३ किलो गाँजा बरामद
सिमराः प्रहरीले बाराको सिम्रौनगढबाट ४३ किलो लागूऔषध गाँजा बरामद गरेको छ । तेलकुवाबाट स्रिमौनगढतर्फ जाँदै गरेको भारतीय गाडीबाट गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गरेपनि गाडी चालक भने फरार भएको प्रहरीको भनाई छ । प्रहरीलाई देखेर चालक फरार भएपछि शंका लागि जाँच गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार उक्त गाडीबाट पाँच वटा पोकामा रहको ४३ किलो गाँजा बरामद गरिएको छ । प्रहरीले गाँजासहित कारलाई नियन्त्रणमा लिएर राखेको श्रेष्ठले बताए ।