भारतीय ट्रकको ठक्करबाट बाराका एक युवकको मृत्यु


eShilalekh

११ पुष २०८१, बिहीबार १२:१५

सिमराः वीरगन्जमा भारतीय ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ का १६ वर्षिय राज मिश्र रहेका छन् । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २४ ड्राइपोर्ट बहुवरी चोक नजिकै रहेको लक्ष्मी पेट्रोल पम्प अगाडि बुधवार बेलुकी पहिचान खुल्न नसकेको भारतीय ट्रकले ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त मोटरसाइकलमा सवार मिश्रको मृत्यु भएको हो ।

घाइते हुनेमा कलैया उपमाहानगरपालिका वडा नम्बर ६ का २८ वर्षिय सन्दीप पाण्डे रहेका छन् । उनको नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रकको पहिचान यकिन नभएकाले शंकाका आधारमा तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्