जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठ जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने


eShilalekh

११ पुष २०८१, बिहीबार १७:१९

सिमराः पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० को च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठ जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।

बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जनकपुर बोल्ट्सले ‘ट्रफी परेड’ को बारेमा जानकारी दिएको हो । शुक्रबारदेखि सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ ।

तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।

‘ट्रफी परेड’ को लागि अहिले जनकपुरले आफ्नो ट्रफिलाई व्यवस्थापनको लागि हेटौँडामा बसेर साजसज्जाको काम गरिरहेको छ । गत शनिबार भएको फइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्