परवानीपुरमा मानव अधिकार एलाइन्सको कमिटी गठन


eShilalekh

१२ पुष २०८१, शुक्रबार १८:१५

सिमरा: बाराको परवानीपुरमा नेकपा एमालेको जनसंगठन मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को गाउँ कमिटी गठन भएको छ ।

परवानीपुरमा शुक्रबार सम्पन्न भेलाले उमेश महतोको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा यासिन मियाँ, सचिवमा रामजी महतो, कोषध्यक्षमा रामसती राम रहेका छन् ।

यसैगरी कमिटीको सदस्यमा भदै मियाँ, सुरेश साह, चन्देश्वर सर्राफ, रामजी पटेल, कुन्ती राम, निरज साह र कान्ती देवी साह चयन भएका छन् । 

 भेलामा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल, किसान महासंघका केन्द्रीय सचिव उमेश गुप्ता, मानव अधिकार एलाइन्सका बारा ईन्चार्ज सरिता सापकोटा, जिल्ला अध्यक्ष अनिल तिवारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्