पर्सा प्रहरीद्वारा एक सय ६० किलो गाँजासहित दुई जना पक्राउ
सिमराः पर्सा प्रहरीले आइतबार राती एक सय ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवनका २० वर्षीय रोनाल विश्वकर्मा रहेको प्रहरीले जनाएको हो ।
परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक प्रहरीको विशेष टोलीले वीरगन्ज महानगरपालिका १८ भवानीपुर सिताराम चोकमा जाँच गर्दा १६ वटा १० किलोका पोका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।