रौतहटको दलित बस्तीमा आगलागी, लाखौंको क्षती
सिमराः रौतहटको राजदेवी नगरपालिका ५ स्थित दलित बस्तीमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट सात वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राति सवा २ बजेतिर स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।
प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा सोमबार बिहान साढे ३ बजे आगो पूर्ण रूपले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।