जीतपुरसिमरा उपमहानगरपालिकामा बुधबार शोक बिदा


eShilalekh

१७ पुष २०८१, बुधबार ०९:०२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबार शोक बिदा दिएको छ । नगरसभा सदस्य एवम् न्यायीक समिती सदस्य जादोलाल सहनीको निधनमा उपमहानगरपालिकाले शोक बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलेले वक्तव्य जारी गर्दै अत्यावश्यक सेवाबाहेक उपमहानगरपालिका र मातहतका कार्यालयमा शोक बिदा दिएको जनाएकी छिन् ।

सहनी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ को वडा सदस्य हुन् । उनी नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए । ५७ वर्षीय सहनीको मंगलबार साँझ मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्