वीरगन्जको एक विद्यालयमा उपकार सेवा नेपालद्वारा बेन्च वितरण


eShilalekh

१८ पुष २०८१, बिहीबार १३:५१

सिमराः वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ लक्ष्मीपुरस्थित एक विद्यालयमा उपकार सेवा नेपालले बेन्च वितरण गरेको छ ।

श्री नेपाल रेडक्रस आधारभूत विद्यालयलाई उपकार सेवा नेपालले १० सेट बेन्स वितरण गरेको हो । श्री शिव शक्ति घ्यू उद्योग प्रा.लि.को आर्थिक सहयोगमा प्राप्त बेन्च उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी हुन् ।

विद्यालयमा बेन्च अभाव भएको थाहा पाएपछि श्री शिव शक्ति घ्यू उद्योग प्रा.लि.ले १० सेट बेन्च उपलब्ध गराएको सरावगीले बताईन् । उनले उद्योगको यो सहयोगले विद्यालयका विद्यार्थीको पठनपाठनमा सहजता आउने विश्वास व्यक्त गरिन् ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले उपकार सेवा नेपालका अध्यक्ष लगायत सबै सदस्यलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्रसहित सम्मान गरेको छ ।

कार्यक्रममा वडा नम्बर ३१ का अध्यक्ष जितेन्द्र प्र. यादव, उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, पदमा देवी सरावगी, सुमन बगेडिया, अंकुर शर्मा, श्री शिव शक्ति घ्यू उद्योगका प्रशासन प्रमुख नवल किशोर सिंह, सामाजिक अभियन्ता प्रकाश थारू, विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद साह, शिक्षक–शिक्षिका, विद्यार्थी र पत्रकारलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्