रौतहट प्रहरीद्वारा अबैध किराना सामान सहित एकजना पक्राउ
सिमराः रौतहट प्रहरीले बुधबार लाखौँ मूल्य बराबरको अवैध सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका ८ का दिनेश राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले प्रदेश २–००१ च ४००० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा दुई लाख ७१ हजार नौ सय रुपैयाँ बराबरको चिनी, मैदा, धनियाँ, रिफाइन्ड तेल, सेवई र सुपारी बरामद भएको रौतहट प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार रायले जानकारी दिए ।
बरामद गरिएको गाडी र सामानको कुल मूल्य नौ लाख ७१ हजार नौ सय रुपैयाँ मूल्याङ्कन गरिएको छ । राउतलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।