रमेश दियालीको `भुसको आगो´ पुस्तकको विमोचन


रामप्रसाद अधिकारी

१८ पुष २०८१, बिहीबार १६:५६

अमेरिका: लेखक रमेश दियालीद्वारा लिखित ‘भुसको आगो’ पुस्तकको विमोचन गरिएको छ । विश्वकर्मा सोसाइटी अफ अमेरिका (बिएसए) द्वारा कोलम्बसको ओहियोमा आयोजित कार्यक्रमकाबीच पुस्तक विमोचन गरिएको हो ।

साहित्य परिषद् भुटानका अध्यक्ष गंगाराम लामिटारेसहित शिवलाल दाहाल, भोला शिवाकोटी `पुरानाघरे´, खेम रिजाल, पुष्पा गजमेर, लिला निशाले विमोचन गरेका थिए । विमोचन कार्यक्रममा लेखक दियालीले नेपाली समाजको यथार्थ, प्रेम, संघर्ष र मानवीय सम्बन्धका विविध आयामलाई उजागर गर्ने बताए ।

कार्यक्रममा नेपाली भाषी भूटामी र नेपाली साहित्यका प्रतिभाशाली साहित्यकारहरूले विभिन्न सन्देशमूलक कविता र गजल प्रस्तुत गरेका थिए । हिमालयन म्यूजुक एकेडमीका बिद्यार्थी र योगिता समूहले मारुनी गायक अर्जुन रसाइली र शीतल शर्माले आफ्नो गायनबाट दर्शकहरूको मन जितेका थिए।

सो अवसरमा रसाइलीले `शिक्षा नै सभ्यताको आधार , शिक्षकप्रति सधै उच्च सम्मान´ भन्ने नारासहित धमेन्द्र तिम्सिना, निल अधिकारी, गोमा अधिकारी, सुर्दशन अधिकारी , दुर्गा सुवेदी, केशव सुवेदी, ईन्दु सुवेदी, तिला फुयाल, राधिका धिमाल, द्रौपदी प्रधान, देव कोईराला र तारा कंडेललाई कदरपत्रसहित सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्