जीतपुरसिमरा: आधारभूत तहमा गणित पढाउने शिक्षकका लागि क्षमता विकास तालिम सुरु
सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकका लागि क्षमता विकास तालिम सुरु भएको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा तालिम सुरु भएको हो । जीतपुरसिमरा २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख राजन पौडेलले शुभारम्भ गरेका छन् ।
पाँच दिने उक्त तालिममा उपमहानगरपालिका भित्र सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म गणित पढाउने शिक्षक सहभागी हुनेछन् । तालिममा कृष्ण गोसाईं, वीरेन्द्र वीर कर्माचार्य, मन्जु बस्यालले प्रशिक्षण दिनेछन् । कर्माचार्य र बस्याल धुलिखेल शिक्षा तालिम केन्द्रका मावि प्रशिक्षक हुन् ।