सहसचिव गौतमले मधेश प्रदेश लोकसेवा आयोगका सचिवको जिम्मेवारी सम्हाले


eShilalekh

१९ पुष २०८१, शुक्रबार १८:११

सिमरा: मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को‌ कार्यालयमा राजीनामा दिएर फर्केका सहसचिव दामोदर गौतमले जिम्मेवारी सम्हालेका छन् ।

उनले मधेश प्रदेश लोकसेवा आयोगको सचिव पदको जिम्मेवारी सम्हालेका हुन् । गौतमले पुस ५ गते मुख्यमन्त्री कार्यालयमा हस्तलिखित राजीनामा पत्र बुझाएर काठमाडौं फर्केका थिए । प्रमुख सचिव पौडेललाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्रमा स्वास्थ्य प्रतिकूलताको कारण काम गर्न असमर्थ रहेको व्यहोरा उल्लेख गरिएको थियो ।

उनी केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुस ४ गते आएका थिए ।

प्रतिक्रिया दिनुहोस्