पर्सा र जनकपुरमा जय ट्रफी क्रिकेट सुरु


eShilalekh

२१ पुष २०८१, आईतवार १३:३७

सिमराः नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पर्सा र जनकपुरमा जय ट्रफी पुरुष (एलिट कप) बहु दिवसीय क्रिकेट सुरु भएको छ ।

जनकपुरमा बागमती प्रदेशविरुद्ध मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दै छ । बागमतीको कप्तानी सन्दीप लामिछाने र मधेसको कप्तानी हरिशंकर शाहले गरेका छन् ।

पर्सामा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले पहिला फिल्डिङ गर्दै छ । पुलिसले टस जितेर पहिला फिल्डिङ गर्न लागेको हो ।

आर्मीको कप्तानी विनोद भण्डारी र पुलिसको कप्तानी आरिफ शेखले गरेका छन् ।

जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्