जय ट्रफी एलिट कपः १२१ रनमै समेटियो आर्मी, पुलिस ब्याटिङमा उत्रदै
वीरगन्जः जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भईरहेको पहिलो दिनको खेलमा नेपाल आर्मी क्लब एक सय २१ रनमै समेटिएको छ ।
नारायणी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लबविरुद्ध टस हारेर ब्याटिङ गरेको आर्मीले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रन जोडेको हो । आर्मीलाई कम स्कोरमै रोक्ने क्रममा पुलिस क्लबका ललित राजवंशीले आकर्षक बलिङ गरे ।
ललितले १४.४ ओभर बलिङ गर्दै आर्मी दुवै ओपनरसहित सात विकेट लिए । ललितले ओपनर सन्तोष कार्कीलाई एक सोमपाल कार्मीलाई पाँच, त्रितराज राजलाई शून्य, बशिर अहमदलाई १२, विवेक यादवलाई शून्य, साहब आलमलाई ११ र आकाश चन्दलाई शून्यमा आउट गरेका थिए । पुलिसका कुशल भुर्तेल, सरवन यादव र रसिद खाले एक÷एक विकेट लिए ।
आर्मीका कुशल मल्लले २५, भिम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बशिर अहमदले १२, साहब आलमले ११ र पवन कार्कीले अविजित १५ रन बनाए ।
कम स्कोरमै रोकिएको आर्मीविरुद्ध पुलिसले केही बेरमा ब्याटिङ गर्नेछ । नेपाल क्रिकेट संघको आयोजनामा दुई दिवसीय प्रतियोगिता सुरु भएको हो ।
यो पढ्नुहोस्ः