वीरगन्जमा निर्माणाधिन मानव सेवा आश्रमको भवनका लागि गोप्य दान
वीरगन्जः वीरगन्जमा निर्माणाधिन मानव सेवा आश्रमको भवनका लागि सोमबार एक दाताले पाँच लाख ११ हजार रुपैयाँ गोप्य दान गरेका छन् ।
वीरगन्ज घर भएका दाताले मानव सेवा आश्रमको भवन निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख ११ हजार रुपैयाँ गोप्यदान दिएर सहयोग गरेको मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
आफ्नो पहिचान गोप्य राख्न आग्रह गर्दै ती दाताले मानव सेवा आश्रम वीरगन्जका अभिभावक तथा भवन निर्माण समितिका संयोजक प्रकाश थारुलाई चेक प्रदान गरेको गुप्ताले बताए ।
भवन निर्माणका लागि आफुले पाँच लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उनले सोमबार दुई लाख ११ हजार रुपैयाँको चेक थारुलाई प्रदान गरेको र बाँकी ३ लाख रुपैयाँ केहि समय पश्चात दिने गुप्ताले जानकारी दिएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा क्षेत्रफल जग्गामा भवन निर्माणधिन अवस्थामा छ ।