वीरगन्ज महानगरपालिका भित्रका विद्यालयहरुमा जाडो विदा


eShilalekh

२३ पुष २०८१, मंगलवार १५:०६

वीरगन्जः वीरगन्ज महानगरपालिकाले बढ्दै गएको चिसोका कारण विद्यालयहरुमा तीन दिनका लागि जाडो विदा दिन आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गर्दै महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यमा चिसोका कारण पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गते देखि पुस २६ गतेसम्म विद्यालयहरुमा विदा दिन अनुरोध गरेको हो ।

विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाउन पनि विद्यालयहरूलाई निर्देशन दिइएको छ । जाडो विदा वर्षे विदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्यतालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रुपमा लिन महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतद्वारा जारी सूचनामा विद्यालयहरूको प्रशासनिक कार्य नियमित रुपमा सञ्चालन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्