वीरगन्जका सागर अमेरिकामा उत्कृष्ट निर्णायक घोषित


eShilalekh

२४ पुष २०८१, बुधबार १२:२९

सिमरा: वीरगन्जका सागर गुभाजु अमेरिकाको न्युजर्सीमा आयोजना भएको मेट्रो ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । सागर राष्ट्रिय निर्णायकतर्फ उत्कृष्ट घोषित भएका हुन्।

यूएस तेक्वान्दोको वार्षिक कार्यक्रमअन्तर्गत जनवरी ४ देखि ६ तारिखसम्म आयोजित च्याम्पियनसिपमा करिब ५० जना निर्णायक सहभागी थिए भने विभिन्न देशका पाँच सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

केही समयदेखी अमेरिकामा बस्दै आएका सागरले यसअघि लस भेगास अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता, डालास ओपन, नेशनल क्यापिटल ओपन र एसियन अमेरिकन सेलेब्रेसन ओपनमा स्वर्ण पदक जितेका थिए। 

नेपाली राष्ट्रिय टोलीका सदस्य रहेका सागरले तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिप र वर्ल्ड मिलिट्री गेम्समा पनि सहभागिता जनाइसकेका छन् । सागरले सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्