चिसोका कारण सिरहामा एक जनाको मृत्यु
सिरहाः अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका ८ बस्ने ३५ वर्षीय मोहमद अख्तर अलि रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मधुमेह रोगबाट ग्रसित अख्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा कठ्याङ्ग्रिएर मृत्यु भएको उनका छोरा सलमानले बताए । अत्यधिक चिसो बढेपछि सिरहाका विभिन्न पालिकाहरूले एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन् ।