निजगढ विमानस्थल निर्माणमा तीव्रता दिन संसदीय समितिको निर्देशन
सिमराः बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तत्काल अघि बढाउन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निर्देशन दिएको छ ।
नेपाल वायु सेवा निगमको व्यवस्थापन र सेवा सञ्चालनबारे बिहीबार बसेको बैठकमा छलफल गर्दै समितिले निजगढ विमानस्थललाई राष्ट्रिय महत्व, सुरक्षा, र आर्थिक विकासका लागि अपरिहार्य ठहर गर्दै निर्माण प्रक्रिया शीघ्र अघि बढाउन सरकार र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले नेपाल वायु सेवा निगमको व्यवसायिक योजना कार्यान्वयनलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उक्त योजनाको प्रगतिसहितको प्रतिवेदन समितिमा पेश गर्न आग्रह गरेको छ ।
त्यसैगरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बन्धित निकायहरूबीच आवश्यक सम्झौता, समन्वय, र पहलकदमी लिन समेत निर्देशन दिएको छ ।