पर्साको पटेर्वा सुगौलीमा नवजात शिशु फेला


eShilalekh

२६ पुष २०८१, शुक्रबार १२:३४

सिमराः पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एक नवजात शिशु फेला परेको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित बंकुल खोलाको बगरमा जीवित अवस्थामा शिशु फेला परेको स्थानीय हिरालाल महतोले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी रङपुर टाडीका प्रहरी सहायक निरीक्षक रामबाबु यादवको नेतृत्वमा गएको टोलीले शिशुलाई सुरक्षाको लागि हिरालाल महतोबाट आफ्नो जिम्मामा लिएको छ । प्रहरीका अनुसार, शिशु छोरी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुको स्वास्थ्य सुरक्षाका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा थप प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्थानीय बासिन्दाहरूले शिशुको भविष्य सुनिश्चित गर्न र घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

प्रहरीले शिशुको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिइरहेको बताएको छ । यस विषयमा थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्