भारतबाट ल्याएको आशंकामा ११ वटा भैसी र ९ वटा पाडा सशस्त्र प्रहरीको नियन्त्रणमा


eShilalekh

२६ पुष २०८१, शुक्रबार २०:२३

सिमराः पर्साको जगरनाथपुर गाउँपालिका ४ बाट सशस्त्र प्रहरीले शुक्रबार २० वटा भैंसी र पाडा नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा भित्राएको आशंकामा सशस्त्र प्रहरीले ११ वटा भैंसी र ९ वटा पाडा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङको नेतृत्वमा खटिएको टोलीले भीखमपुर बोर्डर आउट पोस्टबाट भैंसी र पाडा नियन्त्रणमा लिएको हो । ना७ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैंसी र पाडासहित दुई व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र पशुलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्