अनमोल सहकारीको अध्यक्षमा पुनः साह चयन


eShilalekh

२८ पुष २०८१, आईतवार ०९:०८

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित अनमोल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: विनयकुमार साह चयन भएका छन् ।

सहकारीको शनिबार सम्पन्न १३औं साधारणसभाले साहको नेतृत्वमा सात सदस्यीय संचालक समिती चयन गरेको हो । समितिको उपाध्यक्षमा समरबहादुर मोक्तान, सचिवमा ज्ञानेन्द्रप्रसाद शर्मा, कोषाध्यक्षमा भगवती मगर रहेका छन् । यसैगरी संचालक सदस्यमा विराज कार्की, भूमिनन्द लम्साल र आइती मोक्तान चयन भएका छन् ।

साधारणसभाले सुन्दर बोम्जन तामाङको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिती चयन गरेको छ । समितिको सदस्यमा रिना लामिछाने र रोहित साह रहेका छन् ।

यसअघि साधारणसभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले गरेका थिए । साधारणसभाको उद्घाटन समारोहमा संस्थाले जेष्ठ शेयरसदस्य, सामाजिक व्यक्तित्व, उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्