वीरगञ्जमा ट्याक्टरबाट लडेर एक पुरुषको मृत्यु


eShilalekh

२८ पुष २०८१, आईतवार १४:४७

सिमराः वीरगञ्जमा ट्याक्टरबाट लडेर घाईते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका ५ भीखमपुरका ४५ वर्षीय शिवकुमार कुर्मी रहेका छन् । शनिवार दिउँसो वीरगञ्ज महानगरपालिका १७ अलौंस्थित सडकमा ना ६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर कुर्मी गम्भीर घाइते भएका थिए ।

घाइते भएका कुर्मीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्