स्व. गोपाल गिरी पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान गरिने


eShilalekh

२८ पुष २०८१, आईतवार १९:१०

सिमराः नेपाल पत्रकार महासंघ पर्साले यस वर्षको स्व. गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार वीरगन्जका फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गर्ने भएको छ । महासंघका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा आइतवार बसेको बैठकले श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

वीरगन्जका पूर्व नगर प्रमुख एवम् महासंघका पूर्व अध्यक्ष समेत रहेका गिरीको स्मृतिमा स्थापित उक्त पत्रकारिता पुरस्कार माघ १ गते श्रेष्ठलाई प्रदान गरिनेछ । नेपाल फोटो पत्रकार महासंघका मधेस प्रदेश अध्यक्ष समेत रहेका श्रेष्ठ कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ पर्साले प्रत्येक वर्ष स्व. गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्