धनुषामा कारको ठक्करबाट एक जनाको मृत्यु


eShilalekh

२९ पुष २०८१, सोमबार १५:५५

धनुषाः धनुषाको सबैला नगरपालिकामा आइतबार साँझ सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला ९ भठियनका २१ वर्षीय अमन कुमार साह रहेका छन् ।

सिमराढीस्थित सडकमा बा प्र ०१–०२७ च ८२२९ नम्बरको कार र ज ११ प ७७९६ नम्बरको मोटसाइकल एकापसमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्को व्यक्तिलाई उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्