नव जनजागृति युवा क्लबको अध्यक्षमा लामालाई निरन्तरता
सिमरा: सिमरास्थित नव जनजागृति युवा क्लबको १७औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र लामालाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्धितीय उपाध्यक्षमा राजदास श्रेष्ठ, महासचिवमा शम्भुसिंह ठकुरी, सचिवमा श्याम सुवेदी र कोषाध्यक्षमा शालिकराम अधिकारी चयन भएका छन् । यसैगरी समितिको सदस्यमा नवराज न्यौपाने, निराजन थापा, शरदचन्द्र भट्टराई, ईश्वर थपलिया, दीपक भट्टराई, सन्तोष दाहाल, सुधिरजंग राणा, मनोज राई, रिता कंडेल, बसन्त लामा र विक्रम श्रेष्ठलाई चयन गरिएको छ ।
साधारणसभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए । उद्घाटन समारोहमा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा, क्लबका संरक्षक मुकुन्दबहादुर क्षेत्री, सुमनकुमार भट्टराई, नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ता, नेकपा माओवादी निकट मजदुर संगठनका नेता बेनीप्रसाद तिमिल्सिना, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, नेपाल खेलकुद पत्रकार संघ बाराका अध्यक्ष शरदचन्द्र भट्टराईलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष राजकुमार भट्टराई, नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, राजकुमार लामा, किशोर त्रिपाठी, इन्द्र दुलाल, रेशम तिवारी, मिनप्रसाद आपागाईं, सत्य श्रेष्ठ, सानु पटेल, विष्णु लामिछाने, राजेश पुनलगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण श्याम सुवेदीले गरेका थिए भने शालिकराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।