एमाले नेता सहनीको श्रद्धाञ्जली सभा सम्पन्न
सिमराः नेकपा एमालेका नेता एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका न्यायीक समिति सदस्य जादोलाल सहनी श्रद्धान्जली सभा सम्पन्न भएको छ । सहनीको निधनमा दुःख व्यक्त गर्दै एमालेले श्रद्धान्जली सभा आयोजना गरेको हो ।
श्रद्धान्जली सभामा एमालेका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य बलवीर चौधरी, मधेस प्रदेश सचिव मनोज पौडेल, केन्द्रीय सल्लाहकार सदस्य पलटप्रसाद चौधरी प्रदेश कमिटी सदस्य किशोर शर्मा, जिल्ला सचिव अमृत शर्मा बजगाईं, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले जिल्ला कमिटी सदस्य कृष्ण खनाल, सीमा ठकुरी, अनिल गुप्ता, पूर्व प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, वडाध्यक्ष दीपेन्द्र चौधरी, श्यामबाबु खाँ, एमाले वडा नं. १५ का अध्यक्ष राजकुमार अर्याललगायतको उपस्थिती रहेको थियो । जीतपुरसिमरा १३ मा एमालेबाट वडासदस्यमा निर्वाचित सहनीको पुष १६ गते उपचारका क्रममा निधन भएको थियो ।
वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण एमाले नगर कमिटी सचिव रत्नप्रसाद उप्रेतीले गरेका थिए ।