पनुहरको नेतृत्वमा फोनिज बाराको कार्यसमिति चयन


eShilalekh

२ माघ २०८१, बुधबार १३:०३

सिमराः नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाराको अध्यक्षमा धिरेन्द्र पनुहर चयन भएका छन् । फोनिजको नरहीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले पनुहरको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा इन्दिरा चौधरी, सचिवमा जीतेन्द्रप्रसाद चौधरी, सहसविचमा वसन्त लामा र कोषाध्यक्षमा विनिता चौधरी चयन भएका छन् । यसैगरी समितिको सदस्यमा उमेश घलान, मुकेश चौधरी, राजकुमार लामालाई चयन गरिएको छ ।

मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, फोनिजका सल्लाहकार एवम् नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, फोनिज मधेस प्रदेश सदस्य नविन चौधरी, बुधन चौधरी, थारु अगुवा भुवनप्रसाद चौधरीलगायत उपस्थित थिए ।

फोनिज बाराका अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा सम्प्न्न कार्यक्रमको सहजीकरण धिरेन्द्र पनुहरले गरेका थिए भने स्वागत मन्तव्य विनिता चौधरीले राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्