पाण्डेको नेतृत्वमा भूतपूर्व सैनिक संघको कार्यसमिति चयन
सिमराः नेपाली कांग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघ बाराको अध्यक्षमा डुमरवानाका ओमराज पाण्डे चयन भएका छन् । जीतपुरसिमरा १५ स्थित बेङ्गाही रिसोर्टमा सम्पन्न संघको १४औं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
पाण्डेलाई संघको केन्द्रीय कार्यालयले गत चैत्र १६ गते अध्यक्ष पदमा मनोनयन गरेको छ । चौथो जिल्ला अधिवेशनले केन्द्रीय कार्यालयको मनोनयन बमाजिम पाण्डेको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा कुलबहादुर गुरुङ र लालकाजी श्रेष्ठ चयन भएका छन् । यसैगरी सहसचिवमा तोमबहादुर घले, कोषाध्यक्षमा शिला गुरुङलाई चयन गरिएको छ । समितिको सदस्यमा लालमाया गुरुङ, फूलमाया गुरुङ, रिकिमाया गुरुङ, सूर्यदेवी गुरुङ, बैकुण्ठ सिलवाल खत्री चयन भएका छन् ।
यसैगरी केन्द्रीय प्रतिनिधिमा दलबहादुर घले, लालबहादुर गुरूङ, बैकुण्ठ खत्री, रोमबहादुर कार्की र कुलबहादुर गुरुङ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा तोमबहादुर घले, लालकाजी श्रेष्ठ, अर्जुन घले, शिला गुरूङ र कुलमाया गरूङलाई चयन गरिएको छ ।
नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवको प्रमुख अतिथ्यता तथा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष धनबहादुर रानाको विशिष्ट आतिथ्यतामा सम्पन्न अधिवेशनको उदघाटनमा भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य देवेन्द्र शर्मा, योगप्रसाद रिजाल, नवलपुरका जिल्ला समिति सदस्य, रामप्रसाद रिजाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।