पचरौताको जमुनी खोलामा पाँच वर्षीया बालिकाको शव फेला

सिमरा: बाराको पचरौता नगरपालिका ९ कुडवास्थित जमुनी खोलामा शनिबार पाँच वर्षीया बालिकाको शव फेला परेको छ । बालिकाको पहिचान खुलेको छैन ।
बालिकाको शव खोलामा तैरिरहेको अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट सूचना पाएलगत्तै पुगेको प्रहरी टोलिले बालिकाको शवमुचुल्का गरि प्रादेशिक अस्पताल कलैया ल्याएको छ ।
बालिकाको पहिचान खुलाउन जिल्लाका स्थानीय तहसंग समन्वय भइरहेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।