चिसोका कारण वीरगन्जका विद्यालयहरु तीन दिन बन्द गर्ने महानगरको निर्णय


eShilalekh

९ माघ २०८१, बुधबार १४:३२

वीरगन्जः बढ्दै गएको चिसोका कारण वीरगञ्ज महानगरपालिकाले माघ ९ गतेदेखि माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा दिने घोषणा गरेको छ ।

चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

यसअघि पनि महानगरले पुस २४ देखि २६ सम्म र माघ २ देखि ४ सम्म दुई पटक जाडो विदा दिएको थियो । तर, यसपटकको विदा चिसोले थप प्रभाव पारेपछि लम्ब्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्