बाराको प्रसौनीमा निशुल्क आँखा शिविर आयोजना, १०२ जनामा मोतियाबिन्दु


eShilalekh

९ माघ २०८१, बुधबार १७:१५

सिमराः बाराको प्रसौनी गाउँपालिकामा बुधबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उपकार सेवा नेपालको आयोजनामा शिविर सम्पन्न भएको हो ।

प्रसौनी गाउँपालिका र रोहित फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा वीरगन्ज आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । वडा नम्बर १ को स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा दुइ सय १७ जनाको आँखा जाँच गरिएको छ ।

जसमध्ये एक सय दुई जनामा मोतियाबिन्दुको समस्या देखा परेको जनाइएको छ । उनीहरुको भोली वीरगन्ज आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने अस्पतालका डा. मधेश सिंह धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्