जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ इजलास स्थापना


eShilalekh

१० माघ २०८१, बिहीबार १६:५०

वीरगन्जः जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार नयाँ इजलास स्थापना गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले इजलासको रिबन काटेर उद्घाटन गरेका छन् ।

इजलास स्थापनाले प्रशासन कार्यालयको मातहतका मुद्दाहरूलाई सहज, छिटो र प्रभावकारी रूपमा टुङ्गयाउन सहयोग पुग्ने बताए । यो कदमले नागरिकलाई छिटो न्याय दिने काममा सहयोग पु‍र्याउने उनले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकमैत्री प्रशासन सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रियाअन्तर्गत नयाँ इजलास स्थापना गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरू, र नागरिकहरूको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा उपस्थित सहभागीहरूले नयाँ इजलासको स्थापना नागरिक हितको लागि महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्