पर्सामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला, प्रहरीद्वारा हुलिया विवरण सार्वजनिक

वीरगन्जः पर्सामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघर नजिकैको बजारमा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर लम्सालका अनुसार मागी खाई हिँड्ने पुरुषको शव माघ ७ गते फेला परेको हो । शव फेला परेको ३ दिन बितिसक्दा पनि पहिचान हुन नसकेकाले सनाखतका लागि प्रहरीले हुलिया विवरण सार्वजनिक गरेको छ ।
शव अन्दाजी ६० देखि ६५ वर्षको देखिने, ५ फिट ५ ईन्च उचाई, रातो ज्याकेट, सेतो सर्ट, खरानी रंगको ट्राउजर लगाएको हुलिया देखिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । मृतकको सनाखत गर्ने कोहि नभेटिएकाले चिन्ने जो कोहिले जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।