जनकपुरको एक फर्निचर उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

जनकपुरः जनकपुरधामको एक फर्निचर उद्योगमा आइतबार दिउँसो आगलागी भएको छ ।
जनकपुरधामको वडा नं ७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा दिउँसो करिब १२ः३० बजे भिषण आगलागी भएको हो । आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ जनकपु्धाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ ।
आगलागीको कारण र क्षतिको विवरण केही बेरमा प्राप्त हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएृको छ । अहिले जिल्ला प्रहरी कार्यालयबट खटेको टोली आलगाली स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।