अमेरिकाको डालासमा लायन्स क्लबद्वारा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना


रामप्रसाद अधिकारी

१३ माघ २०८१, आईतवार १९:३४

डालास (अमेरिका): लायन्स हेल्थ फाउन्डेसन मोबाइल मेडिकल केयर युनिटले  अमेरिकाको डालासस्थित स्वामी नारायण गुरुकुल मन्दिरमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ ।

विभिन्न लायन्स क्लबको सहयोग र सहकार्यमा आयोजित शिविरमा ९ जना महिलाको स्तन क्यान्सर जाँच र ३५ जनाको रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको परिक्षण गरिएको थियो ।

डालास एभेरेष्ट लायन्स क्लब,डालास हेल्थ लायन्स क्लब, डालास हिमालयन स्पोर्ट्स लायन्स क्लब, डालास एभरेष्ट वुमेन्स लायन्स क्लब, प्लानो कोलिन नेप्लिज् लायन्स क्लब, डिडब्लुएफ साइबरको सहयोगमा आयोजित शिविरमा सहभागीलाई नि:शुल्क स्वास्थ्य जाँच गरिएको डालास लायन्स कल्बका अध्यक्ष राजेश अधिकारीले बताए ।

कार्यक्रममा लायन्स क्लबमा आवद्व लायन्स राधाकृष्ण काफ्ले, लायन्स केदार बराल, डा. विष्णुमाया उपाध्यायलगायतको उपस्थिति रहेको थियो । लायन्स क्लबले भविष्यमा पनि विभिन्न खाले सामाजिक कार्यक्रमहरु गर्दै अगाडि बढ्ने अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्