पर्सा प्रहरीद्वारा तीन लाख पाँच हजार बराबरका भन्सार छलीका सामान बरामद


eShilalekh

१७ माघ २०८१, बिहीबार १४:४४

सिमराः पर्सा प्रहरीले तीन लाख पाँच हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा वडा प्रहरी कार्यालय श्रीपुर, बिर्ता र इलाका प्रहरी कार्यालय लङ्गडीबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा छापा मार्दा लत्ताकपडा, पाडी, कुखुरा र खाद्यान्न लगायतका वस्तुहरू सामानहरु बरामद गरेको हो ।

बरामद गरिएको सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइने र संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्