पर्सामा बुद्धिजीवी परिषद्को अधिवेशन सम्पन्न, गुप्ताको नेतृत्वमा कार्यसमिति चयन
वीरगन्जः नेपाल बुद्धिजीवी परिषद् पर्साको दोश्रो अधिवेशन शनिवार वीरगन्जमा सम्पन्न भएको छ । अधिवेनले श्याम गुप्ताको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रेयाज देवान, सचिवमा अशोककुमार साह, उपसचिवमा सरोज गिरी र विश्वास प्रताप साह र कोषाध्यक्ष वसिर अहमद चयन भएका छन् । यसैगरी सदस्यमा डा. सागर सरार्फ, रामबहादुर यादव, गोपीलाल श्रेष्ठ, ज्योति गुप्ता, निपु साह र हरिनारायण गुप्तालाई चयन गरिएको छ ।
यसअघि अधिवेशनको उद्घाटन परिषद्का मधेस प्रदेश अध्यक्ष शम्भु गुप्ताले गरेका थिए । अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, सचिव महेश दास, डा. प्रमोद सर्राफलगायतले मन्तव्य राखेका थिए । अधिवेशन डा. सन्तोषकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।