महोत्तरीमा एक महिलाको शव फेला


eShilalekh

२० माघ २०८१, आईतवार १३:२६

महोत्तरीः महोत्तरीमा आईतबार बिहान एक महिलाको शव फेला परेको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीय खुश्बु यादवको शव फेला परेको हो ।

हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।

राति घरबाट निस्केकी खुश्बुको शव धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्