रौतहटमा हुन्डीको १६ लाखभन्दा बढी नगदसहित २ जना पक्राउ


eShilalekh

२० माघ २०८१, आईतवार १४:०२

रौतहटः रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले १६ लाखभन्दा बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का ४० वर्षीय शिव मङ्गल साह र २३ वर्षीय प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए ।

भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिका ४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल जाँच गर्दा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो ।

बरामद नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्