बारामा २९ लाख भन्दा बढी मूल्यका सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा


eShilalekh

२२ माघ २०८१, मंगलवार १२:३१

सिमराः बारा प्रहरीले बिलविजक भन्दा बढीको सामान सहित सोमबार राति एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरिक्षक मोह नारायण रायको कमाण्डमा खटीएको प्रहरी टोलीले २९ लाख ४८ हजार ९ सय ५३ रूपैया बराबरको हार्डवेयर (अल्मुनियम सिट, क्क् हेण्डल, क्क् टवेयर वेल्ट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन ,सब विलेट ,वालनट इन्सेल) लगायतका सामानसमेत ट्रक नियन्त्रणमा लिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुर चोक स्थित वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ७९६९ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा उक्त सामान बरामद भएको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

बरामद भएका समानसमेत ट्रक नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्