६ दिन बित्दापनी भेटिएन् जीतपुरका तीन वर्षीय अंश चौधरी


eShilalekh

२३ माघ २०८१, बुधबार ००:४१

सिमरा: बाराको जीतपुरबाट ६ दिन अघि हराएका तीन वर्षीय अंश चौधरीको अवस्था अझै अज्ञात छ । माघ १७ गतेदेखि सम्पर्कविहिन बनेका बालक मंगलबार रातिसम्म फेला परेका छैनन् ।

स्थानीय रितेश चौधरी र अञ्जली चौधरीका छोरा अंश माघ १७ गते बिहान करिब ९:३० बजेदेखि सम्पर्कविहिन छन् । सोही दिन घर नजिकको ४-५ स्थानका सिसिटिभी क्यामरामा एक्लै हिडिरहेको अवस्थामा देखिएका बालक त्यसयता अज्ञात छन् ।

प्रहरीले उनको खोजी गरिरहेपनी सफलता प्राप्त गर्न सकेको छैन । घरपरिवार र स्थानीयले समेत बारा, पर्साका विभिन्न स्थानमा बालकको खोजी गरिरहेका छन् ।

बालक हराएदेखी उनकी आमा अञ्जली मुर्छित छिन् । छोरा सम्पर्कविहिन भएको पीडामा अञ्जली सम्हालिन सकेकी छैनन् ।

चौधरी परिवारले बालकको अवस्थाबारे जानकारी दिनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्