पथलैयामा सात किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ


eShilalekh

२३ माघ २०८१, बुधबार १३:००

सिमराः बारा प्रहरीले सात किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं. १५ का ३१ बर्षीय बिक्रम लामा र मनहरी गाउँपालिका वडा नम्बर २ का ३८ बर्षीय जिवन स्याङवो रहेका छन् ।

प्रहरी नायब निरीक्षक टंक न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया स्थित ट्रफिक चेक पोष्टमा चेकिङ गर्ने क्रममा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा प्र ०३–००५ प ७२६६ नम्बरको को स्कुटी रोकेर जाँच गर्दा स्कुटी भित्र लुकाईएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई स्कुटीसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्