रौतहटमा मूर्ति सेलाउन गएका युवकको नदीमा डुबेर मृत्यु


eShilalekh

२३ माघ २०८१, बुधबार १४:३९

रौतहटः रौतहटमा सरस्वती माताको मूर्ति सेलाउन गएका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजदेवी ७ मुडवलवाका २२ वर्षीय सुरज यादव रहेका छन् । रौतहटको राजदेवी नगरपालिका ६ मा रहेको बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा यादव डुबेर बेपता भएका थिए ।

बेपता भएका यादवको खोजीकार्यमा मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीय लागेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।

पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।

प्रतिक्रिया दिनुहोस्