बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार
![](https://i0.wp.com/www.eshilalekh.com/wp-content/uploads/2025/01/Death.webp?fit=1200%2C700&quality=95&strip=all&ssl=1)
सिमराः बारामा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा बुधबार राति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतो रहेका छन् ।
प्रहरीका अनुसार ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन चोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसिटी बयोधा अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिने तयारी भइरहेको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।