पर्सा प्रहरीले दुई करोड मूल्य बराबरका समानसहित ट्रक अनुसन्धान कार्यालयमा बुझायो


eShilalekh

२७ माघ २०८१, आईतवार १७:२०

सिमराः पर्सा प्रहरीले एक करोड भन्दा बढी मूल्य बराबरका सामानसहितको ट्रकहरु राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

प्रहरीले एक करोड ९५ लाख ४९२ मूल्य बराबरका साइन्टीफिक क्यालकुलेटर तथा हेयर ट्रिमर लोड रहेका ट्रकहरु राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा बा १ ख ९९०९, ना ६ ख ५४९१ र ना ६ ख ६३९७ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । जाँच गर्ने क्रममा वीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेका उक्त ट्रकहरुमा लोड रहेका समान बिल बिजक भन्दा बढी रहेको आशंका लागेकाले पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार बरामद सामानसहितको ट्रकहरु आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्