बारा प्रहरीद्वारा सात सय ५० लिटर घरेलु मदिरा नष्ट

सिमराः बारा प्रहरीले सात सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा सवारी जाँचका क्रममा बरामद गरिएका मदिरा नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगन्जतर्फ आउँदै गरेको सवारी साधन रोकेर जाँच गर्दा घरेलु मदिरा बरामद गरेको थियो ।
